सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : ५९


काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्