चीन अमेरिकालाई भन्छः भिड्यौं भने हामी दुवै हार्छौं, त्यसैले मिलेको राम्रो

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ६ : ४६


अमेरिकाका लागि चीनका नयाँ राजदूत चीन गाङले संचार र संवादमार्फत् अमेरिका र चीनबीच जारी मतभेद अन्त्य गरिनुपर्ने बताएका छन्।

उनका अनुसार यदी अमेरिका र चीनबीच द्वन्द्व भयो भने दुवैको हार हुनेछ, कसैले जित्नेछैन।

विगत केही वर्षदेखि निरन्तर रुपमा जारी रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुल्झाउन निरन्तर संचार र संवादको आह्वान उनले गरेका हुन्।

दुई महिना अगाडि मात्र अमेरिका पुगेका गाङले चीनले अमेरिका र अमेरिकाले चीनलाई चिन्न थप प्रयास आवश्यक रहेको सीजीटीएनसँग बताएका हुन्।

‘वर्तमान चीन–अमेरिका सम्बन्ध कठिन अवधिबाट गुज्रिरहेको छ’ उनले भनेका छन्,‘मिलेर बस्ने नयाँ बाटो खोज्नुपर्छ।’

Qin Gang says more efforts need to be made to help China and the US better understand each other in what is still a “very difficult period” between the two powers. Photo: CCTV

चीनका नयाँ राजदूत चीन गाङ

चीनले अमेरिका विरोधी देशहरुसँग राम्रो सम्बन्ध विस्तार गरिरहेको अवस्था छ भने अमेरिकाले चीन घेर्ने संगठन खडा गरिरहेको अवस्था छ। उनीहरु अप्रत्यक्ष शितयुद्धमा होमिएका छन्।

उनीहरुबीच व्यापार, प्रविधि, विचारधारण, भूराजनीतिक विवाद छ जसले समाधानको बाटो लिएको छैन। यी दुई देशको टकराबले विश्वलाई नै घाटा पुग्ने देखिन्छ। एससीएमपीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्