साउथ इन्डियन चलचित्रका चर्चित कलाकार नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुबीच सम्बन्धविच्छेद हुने पक्का भएको छ। उनीहरुले शनिबार सम्बन्धविच्छेद गर्ने सामाजिक सन्जालमार्फत् जानकारीदिएका हुन्।
इन्डियन एक्सप्रेसका अनुसार उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेका हुन्। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै समन्था केही दिनमै सम्बन्धविच्छेद गर्ने घोषणा गरेकी हुन्।
उनले शनिबार पोस्ट गर्दै भनेकी छन्,‘हामी चाँडै नै अलग हुँदैछौं। मैले धेरै सोच विचार गरेर नै आफ्नो बाटो लाग्नको लागि पति र पत्नीको रूपमा अलग हुने फैसला गरेको छु। हामी भाग्यशाली छौं कि एक दशकको मित्रता नै हाम्रो सम्बन्धको मूल थियो। हामीलाई विश्वास छ हामीबीच एक विशेष सम्बन्ध रहनेछ।’
भारतीय संचारमाध्यमका अनुसार चैतन्य श्रीमतीले चलचित्रमा ग्ल्यामर तथा बोल्ड भूमिकामा निर्वाह नगरुन भन्ने चाहन्थे तर सामन्था पहिल्यैबाट कलाकारितामा केही गर्ने सोचले आएकी नायिका परिन्। उनले श्रीमान र परिवारको कुरा नसुनी अभिनय गर्न थालेपछि कुरा नमिलेको हो।
चैतन्य चाँडै बालबच्चा जन्माउन चाहन्थे। यस्तै विषयमा विवाद नमिलेपछि उनीहरु छुट्टिन पुगेका हुन्।