खाना खान नदिएपछि भोकाएका फोटोग्राफरले बिहेको सबै फोटो डिलेट गरे!

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ५ : ३४


एकजना फोटोग्राफर बिहे समारोहमा फोटोसुटका लागि गएको थिए। तर त्यहाँ यस्तो घटनाक्रम बिनदियो फोटोग्राफरले बिहेको सबै फोटो बेहुलाकै अगाडि डिलेट गरिदिए।

बेहुलाले देखाएको धुर्त व्यवहारका कारण रिसको झोँकमा आएर फोटोग्राफरले बिहे समारोहका सबै तस्वीर ठाउँकाठाउँ डिलिट गरिदिए र घरतिर लागे।

टाइम्स नाउ न्युजका अनुसार ती फोटोग्राफरले सोसल मिडिया साइट रेडिटमा यो घटना र आफूले त्यस्तो कदम उठाउनुपर्नाको कारणबारे लेखेका छन्।

घण्टौं लगाएर भोकभोकै काम गर्दासमेत खाना खान नदिएपछि उनी रिसाएका हुन्। उनले खाना खानलाई २० मिनेट समय माग्दा बेहुलाले फोटो खिच्ने काम जारी राख्नू नभए पैसा नदिए बताएका थिए। त्यसपछि फोटोग्राफरले पनि आफूले खिचेका सबै तस्बिर तथा भिडियोहरु डिलिट गरिदिए।

वास्तवमा ती व्यक्ति पेशेवर फोटोग्राफर थिएनन्। उनले कुकुरको हेरचाह गर्ने काम गर्छन्। साथीले निकै कर गरेपछि उनी साथीको बिहेमा फोटो खिचिदिन गएका थिए। २५० डलर रकम ज्यालामा बिहेको फोटो खिच्ने कामका लागि उनीसँग सम्झौता भएको रहेछ।

त्यसअनुसार बिहेको दिन बिहान ११ बजेदेखि उनको काम सुरु भयो जुन रातको ८ बजेसम्म चल्नेवाला थियो त्यसबीचमा बेलुकी पाँच बजेतिर पाहुनाहरूले खाना खान थाले। तर फोटोग्राफरका लागि भने खानाको बन्दोबस्त नै थिएन। उनलाई खाना नखाइकनै लगातार फोटो खिचिरहन भनियो।

भोको पेटमा दिनभर काम गरिरहँदा थाकेर गलेपछि उनले आराम तथा खानपिनका लागि २० मिनेटको समय दिन बेहुलासँग आग्रह गरे। तर उनको आफ्नै साथीसमेत रहेका ती बेहुलाले भने लगातार फोटो नखिचेमा सम्झौता बमोजिको अढाइ सय डलर रकम नदिने भन्दै खाना खाने समय नदिने जवाफ दिए।

भोक, थकान र गर्मीका कारण लखतरान परेका फोटोग्राफर बेहुलाको जवाफले आगो भए। उनले तत्कालै बेहुलाका अगाडि क्यामेराका सबै तस्वीर डिलिट गरिदिए।

बेहुलाले दुई शब्द बोल्न नपाउँदै फोटोग्राफर त्यहाँबाट हिँडिहाले।


प्रतिक्रिया दिनुहोस्