लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ५ : १२


युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच उक्त पुस्तक सार्वजनिक गरिको हो।

पुस्तकलाई लेखक आचार्यसँगै, अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला र पाठकका तर्फबाट कुशल घिमिरेले संयुक्त विमोचन गरेका हुन्।

पुस्तकले प्रेम, जीवन र दर्शन बोकेको लेखक आचार्यले जानकारी दिएका छन्। साथै, पुस्तक पढेर प्रतिक्रिया दिन समेत आग्रह गरे। पुस्तकलाई बिएन पुस्तक संसारले बजारमा ल्याएको हो।

यसअघि आचार्यले ‘अप्रिल फुल’ नामक उपन्यास सार्वजनिक गरेका थिए। उनको सो पुस्तकले राम्रो चर्चा पाएको थियो।

May be an image of 3 people, including Krishna Acharya and people standing

May be an image of 2 people and people standing


प्रतिक्रिया दिनुहोस्