आज देशभर थपिए ८६७ जना कोरोना संक्रमित, ९ को मृत्यु

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : ५४


नेपालमा गएको २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस कोभिड–१९ का संक्रमित भेटिएका छन्।

स्वास्थ मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजा। ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्