एमाले विधान महाधिवेशनः अनुशासन आयोगको प्रतिवेदन पेस

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ३ : १९


काठमाडौं/ नेकपा एमालेको विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गरेका हुन्।

यसपछि शुक्रबार प्रस्तुत तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम छ। महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिसकेको छ।

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्