भारतमा महँगियो पेट्रोलको भाउ, त्यहाँभन्दा नेपालमै सस्तो

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  २ : ३६


भारतमा पेट्रोलको मूल्य घट्ने अवस्थामा देखिएको छैन। दिल्लीमा पेट्रोलको मूल्य हालसम्मै महँगो भएको बीबीसीहिन्दीले जनाएको छ।

दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य १०२.१४ भारु पुगेको छ भने मुम्बईमा हाल १०८.१९ भारुमा प्रतिलिटर पेट्रोल विक्री भइरहेको छ।

शनिबार भारतमा पेट्रोलेको मूल्य २५ पैसाले बढेको हो भने डिजेलको मूल्य ३० पैसाले बढेको हो। गतहप्ता चार पटक पेट्रोलको भाउ बढ्दा प्रतिलिटर भाउ सयभन्दा माथि पुगेको छ।

विश्वमा इन्धन उत्पादन प्रभावित हुँदा पेट्रोल तथा डिजेलको भाउ बढेको हो। नेपाल आयल निगमका अनुसार भारतमा एक लिटर प्रेट्रोल १६८.४५ रुपैयाँमा विक्री भइरहेको छ भने नेपालमा १२८.५० ले विक्री भइरहेको छ।

यसको अर्थ नेपालीले भारतीयले भन्दा प्रतिलिटर पेट्रोलमा ४० रुपैयाँ कम तिनुपर्छ।


प्रतिक्रिया दिनुहोस्