अमेरिकामा उडिरहेको विमान र हेलिकप्टर ठोक्किएर दुर्घटना, दुई जनाको मृत्यु

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : ५३


अमेरिकाको एरिजोना राज्यमा शुक्रबार बिहानै हेलिकप्टर र एक सानो विमान उडिरहेका बेला ठोक्किएर दुर्घटनामा परेको छ।

सो दुर्घटनामा दुई जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दुवै हेलिकप्टर तथा विमान विमान प्रशिक्षक विद्यालयको भएको बताइएको छ।

विमान हेलिकप्टरसँग ठोक्किँदा हेलिकप्टरमा सवार दुईको मृत्यु भएको हो। विमान भने दुर्घटनबाट बचेर सफल रुपमा अवतरण गरेको जनाइएको छ।

रोबिन्सन आर२२ हेलिकप्टर तथा पाइपर पीए२८–१८१ विमान दुर्घटनामा परेको चान्डलर प्रहरीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्