चीन भन्छः ताइवानमा लडाकु विमान पठाउनु सामान्य अभ्यास हो

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ४८


शुक्रबार ३८ चिनियाँ लडाकु विमानहरु आफ्नो हवाई क्षेत्रमा घुसेपछि ताइवानले चीनले हालसम्मकै ठूलो अतिक्रमण गरेको बताएको छ।

चीनको मुखपत्रको रुपमा रहेको पत्रिका ग्लोबल टाइम्सले भने ताइवानमा आफ्ना लडाकु विमानहरु पठाउनु सामान्य अभ्यास भएको बताएको छ।

ग्लोबल टाइम्सका अनुसार क्षेत्रीय अखण्डताको रक्षाको लागि चिनियाँ युद्धक विमान ताइवान पुग्नु सामान्य विषय हो। सो पत्रिकाले ३० भन्दा बढी चिनियाँ जनमुक्ति सेनाका युद्धक विमानहरु युद्ध अभ्यासको लागि ताइवनको एक टापु नजिक पुगेको बताएको छ।

विशेषज्ञहरुले ताइवानको टापुमा चिनियाँ विमानहरु पुग्नाले युद्धको तयारीको दृढ संकल्पलाई झल्काउने बताउँछन्।

गतवर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवन अलग्याउने शक्तिहरुबाट खतरा बढेको भन्दै युद्धको लागि हरेक समय तयार रहन आफ्ना सेनालाई निर्देशन दिएका थिए। चीनले ताइवान आफ्नो टापु भएको बताउँछ तर ताइवानले आफूले चीनको नीति नमान्ने बताउँदै आएको छ।

जसका कारण पछिल्ला वर्षहरुमा त्यहाँ तनाव उत्पन्न भएको छ। चीनले आक्रमण गरेरै ताइवान कब्जा गर्ने बताउँदा ताइवानले चीनको खतराबाट बच्ने भन्दै अमेरिकाबाट हतियार खरिद गर्न थालेको छ।

यो पनिः चीनका ३८ लडाकु विमान ताइवान घुसे, चिनियाँ सेनाद्वारा हालसम्मकै ठूलो अतिक्रमण


प्रतिक्रिया दिनुहोस्