साफ च्याम्पियन्सिपमा नेपालले आयोजक माल्दिभ्सलाई हरायो, मनिष बने नायक

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ११ : ५०


साफ च्याम्पियन्सिपमा नेपालले पहिलो जित हात पारेको छ। युवा फरवार्ड मनिष डाँगीको सानदार गोलमा नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको हो।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै खेल जित्न निर्णायक सावित भएको हो। १–० को जितसँगै नेपालले ३ अंक जोडेको छ।

खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाए पनि नेपाली टोलीले अनुशासित डिफेन्स गर्दै खेलमा आफूलाई कायम राखेको थियो।

May be an image of 5 people, people playing sports, people standing and grass

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले मिडफिल्डले दिएको बललाई तीन डिफेन्स काट्दै सुन्दर गोल गरेका थिए। नेपालले २२ वर्षपछि माल्दिभ्सलाई पराजित गर्न सफल भएको हो।


प्रतिक्रिया दिनुहोस्