काठमाडौं । माधव नेपाल पक्ष छाडेर केपी ओली गुटमा आएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विधान महाधिवेशनमा सहभागी भइरहँदा कविता रचेका छन्।
उनले कसैलाई सम्झिएको भाव आफ्नो कवितामा व्यक्त गरेका छन।
‘खुसी छन् कि मनहरू दुखेका छन् कहीँ कतै, तरंग अन्यत्र छ कि ध्यान सबको केन्द्रित यतै’, रावलले लेखेका छन्, ‘भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन, मर्ने बाँच्ने सँगै भन्ने फर्किन्छन् कि कतै दिन!’
भावनालाई यथार्थले झक्झक्याउदा: pic.twitter.com/SPJVnbzBgt
— Dr. Bhim Rawal (@BhimRawal179) October 1, 2021