साफमा बंगलादेशको विजयी सुरुवात

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : २०


बंगलादेशले माल्दिभ्समा शुक्रबार सुरु भएको १३औँ साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

मालेस्थित राष्ट्रिय रंगशालामा प्रतियोगिताको सुरुवाती खेलमा बंगलादेशले श्रीलंकामाथि १-० को जीत निकालेको हो। बंगलादेशको जीतमा तोपु बर्मनले ५५औँ मिनेटमा निर्णायक गोल गरे।

पाँच टोलीको मात्र सहभागिता रहेका कारण यसपालि प्रतियोगिता सिंगल राउन्ड रोबिन पद्धतिमा भइरहेको छ।

पहिलो चरणका शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता ३० असोजसम्म हुनेछ। यस पटक प्रतियोगितामा पाकिस्तान र भुटानले सहभागिता जनाएका छैनन्।

नेपालले आज राति पौने १० बजे घरेलु टोली साविक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।


प्रतिक्रिया दिनुहोस्