भारतको पटाका फ्याक्ट्रीमा विस्फोटन, चार जनाको मृत्यु

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : २१


भारतको उत्तर प्रदेशस्थित शामली जिल्लाको कैराना कस्बेको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटनमा चार जनाको मृत्यु भएको छ।

शुक्रबारको यस घटनामा सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार विस्फोटनपछि फ्याक्ट्रीमा आगो लागेको थियो। सो आगो निभाउन निकै सकस परेको जनाइएको छ।

भारतमा दशहरा र दिवाली पर्वमा पटेका पड्काइन्छ जसका कारण यतिबेला त्यहाँका पटाका फ्याक्ट्रीमा धमाधम काम भइरहेको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। बीबीसीहिन्दी

 


प्रतिक्रिया दिनुहोस्