कमेडी च्याम्पियनका विजेता भरतमणिले पाए नयाँ कार, सन्तोषलाई स्कुटर (फोटो)

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ४७


हालै सम्पन्न कमेडी च्याम्पिनयन सिजन दुईको विजेता भरतमणि पौडेलले पुरस्कारस्वरुप घोषित नयाँ कार आज प्राप्त गरेका छन्।

कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गर्दा प्रतियोगितामा तेस्रो भएका सन्तोष थापाले स्कुटर हात पारे।

अस्वस्थताका कारण दोस्रो भएका बिक्की अग्रवाल भने बाइक पुरस्कार लिन आउन पाएनन्।

कमेडी च्याम्पियनले करिब २४ लाख मूल्यको कार भरतमणिलाई दिएको हो। भरतमणिसँग कारको लाइसेन्स नभएकाले उनी एकजना सहयोगी लिएर आएका थिए।

May be an image of 3 people and people standing

May be an image of 1 person and motorcycle

May be an image of 1 person, car and outdoors


प्रतिक्रिया दिनुहोस्