सबै डराउँदा पूर्व सेनाले गोहीलाई फोहोर फ्याक्ने भाडामा यसरी हालिदिए (भिडिओ)

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : १३


अमेरिकामा एक भूतपूर्व सेनाले आक्रामक गोहीलाई सहजै फोहोर फ्याक्ने ट्र्यास क्यानमा हालिदिएका छन्।

यसैहप्ताको बुधबार गोही फ्लोरिडाको आवसीय क्षेत्रमा देखिएपछि मानिसहरु डराएर त्रसित भएका थिए तर उनले गोहीलाई फोहोर फ्याक्ने भाडामा हालिदिएका हुन्।

पूर्व सेनाको नाम अब्दुल गिनी मलिक हो। हाल उनले गोहीलाई नियन्त्रणमा लिएर धेरैको ज्यान जोगाएको भन्दै उनलाई सहयोग गर्ने अभियान नै संचालन भएको छ।

(भिडिओ)

गोहीले आफू, आफ्ना परिवार र छिमेकका मानिसलाई आक्रमण गर्ने भएपछि आफूले ज्यानको ख्याल नगरी गोही नियन्त्रणमा लिएको अब्दुलको भनाइ छ।

हालै मात्र अमेरिकाका विभिन्न स्थानमा भिषण वर्षापछि पानीहरु सडमा आउँदा गोहीहरु देखा परेका थिए। लुजियाना राज्यमा एक ७१ वर्षका व्यक्तिलाई गोहीले आक्रमण गरेर मारेको थियो।

यसरी गोही निडर भएर नियन्त्रणमा लिएपछि अब्दुलको प्रशंसा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्