केजी अस्पतालमा ४ महिने शिशुको मृत्यु, चिकित्सकले लापरवाही गरेको आरोप

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ३६


धनगढी । धनगढीस्थित केजी अस्पतालमा ४ महिने शिशुको मृत्यु भएको छ।

मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण शिशुको ज्यान गएको भन्दै छानविनको माग गरेका छन्

डोटीको दिपायल सिलगढी नगरपालिका–७ का विष्णु विक तथा मातादेवी विकको ४ महिने शिशुको उपचारका क्रममा शुक्रबार बिहान केजीमा मृत्यु भएको जनाइएको छ।

मृतक शिशुका आफन्तले स्वास्थ्यकर्मीको लापरवाहीका कारण बच्चाको ज्यान भएको भन्दै छानविनको माग गरेका हुन्।

बालकको टाउकोमा घाउ रहेको र रेफर गर भन्दा नमानेको मृतकका काका शंकर विकले बताए। उपचारमा संलग्न स्वास्थ्यकर्मीले बालकको खुट्टाबाट सिरिञ्जमार्फत औषधि दिने बताए पनि टाउकोमा घाउ हुनु शंकास्पद रहेको उनले बताए।

केजीमा उपचार सम्भव नभए अन्तै लैजान्छौ भन्दा पनि अस्पतालले ६ दिनसम्म ठिक भइहाल्छ भन्दै बालकलाई मारेको उनको आरोप छ।

शिशुको डोटीस्थित महाकाली मेडिकलमा प्राथमिक उपचार गरिएकोमा त्यहाँ उपचार सम्भव नभएको भन्दै धनगढी ल्याइएको थियो।


प्रतिक्रिया दिनुहोस्