भाटभटेनी सुपरमार्केटलाई ५० हजार जरिवाना तिर्न आदेश

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ४१


काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राधेराधेस्थित भाटभटेनी सुपरमार्केटलाई ५० हजार रुपैँया जरिवाना तिर्न आदेश दिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट खटेको टोलीले बिहीबार सुपर मार्केटमा अनुगमन गर्ने बेला अनियमितता गरेको पाइएको हो।

सुपरमार्केटले चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको छ।। जसमा धारा तेलको मुल्य अचाक्ली धेरै प्रतिलिटरसम्म ३३५ लिने गरेको पाइएको छ।

अनुगमन टोलीको रिपोर्टपछि प्रशासनले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम ५० हजार जरिवाना तोकेको जनाएको छ।

चाँडबाड नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको पछि प्रशासन कार्यालयले अनुगमनलाई तिव्रता दिएको छ।


प्रतिक्रिया दिनुहोस्