ओलीको राजनीतिक प्रतिवेदन: माधव नेपाल एमाले विभाजनका नाइके(पूर्णपाठ)

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ३३


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन।

शुक्रबार पार्टीको विधान अधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको टिप्पणी समेत गरेका छन।

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले भनेका छन्, ‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो।’

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारेका छन।

ओलीले पार्टी विभाजनका लागि मलजल गर्ने काम तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गरेको आरोप लगाएका छन्।

कांग्रेससहितका दलहरूसँग मिलेर सरकार बनाउने योजनासहित प्रचण्डले नेकपा फुटाउने अभियान चलाएको दाबी पनि प्रतिवेदनमा गरिएको छ।

विधान महाधिवेशनमा अध्यक्ष ओलीले पेश गरेको ५७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको पूर्णपाठ यस्तो छ।


प्रतिक्रिया दिनुहोस्