‘कति राम्रो त्वचा’ भन्ने डाक्टरले महिलाको श्रीमानबाट भेटे रामधुलाई, करङ भाँच्चियो

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ३१


डाक्टरहरुलाई दोस्रो भगवानको रुपमा लिइन्छ। उनीहरु मानिसको ज्यान जोगाउन हर समय तत्पर हुन्छन्। तर विश्वमा यस्ता कयौं घटना बाहिरी रहेका हुन्छन् जहाँ डाक्टर तथा नर्सले दुर्व्यवहार सहनु परेको देखिन्छ।

यसबीचमा रुसमा हालै एक छाला सम्बन्धी डाक्टरमाथि कुटपिट भउको खबर सार्वजनिक भएको छ। डाक्टरले बिरामीको श्रीमानबाट निर्मम रुपमा कुटाई खाएका हुन्।

डेली स्टारका अनुसार डाक्टरले महिलाको छाला राम्रो रहेछ भनेर तारिफ गर्दा कुटाई भेटेका हुन्। महिला श्रीमानसँग छाला परीक्षणको लागि अस्पताल गएकी थिइन्।

परीक्षण गरिरहँदा डाक्टरले ‘तपाइँको त्वचा निकै राम्रो रहेछ’ भनेपछि महिलाको श्रीमानले एकाएक डाक्टरमाथि आक्रमण गरेका थिए। उनको आक्रमणबाट डाक्टर बेहोस भएको र उनको करङको हड्डी नै भाँच्चिएको डेली स्टारले उल्लेख गरेको छ।

डाक्टर पिट्ने व्यक्तिको नाम बखरिद्दीन भएको बताइएको छ। डाक्टरको नाम भने भ्लादमिर हो। बखरिद्दीन मुस्लिम हुन् र उनले डाक्टरले मुस्लिम धर्मको नियम विपरित कार्य गरेको बयान दिएका छन्।

डाक्टरले होसमा आएपछि आफ्नो भनाइलाई खबरिद्दीनले गलत रुपमा बुझेको बताए।


प्रतिक्रिया दिनुहोस्