सन्चो नभएपछि भाषण गर्दागर्दै कुर्सीमा बसे ओली, बाँकी पढ्ने जिम्मा शंकर पोखरेललाई

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : १०


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भाषणकै क्रममा असजिलो महसुस गरेपछि बीचमै शंकर पोखरेललाई आफ्नो बॉकी लिखित भाषण पढ्ने जिम्मा दिएका छन्।

ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा जारी विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेक्रममा ओलीले बीचमै असजिलो महसुस गरेपछि पोखरेललाई प्रतिवेदन पेश गर्ने जिम्मा दिएका हुन।

रुघाखोकीका कारण अस्वस्थ रहेका ओलीले आफ्नो भाषण पोखरेललाई पढ्न दिएर आफू कुर्सीमा गएर बसेका छन्।

प्रतिवेदन पेस गर्ने क्रममा उनले पटक-पटक खोकेका थिए। अध्यक्ष ओली अहिले मञ्चमै बसेर आफैले तयार पारेको प्रतिवेदन सुनिरहेका छन्।

५७ पृष्ठको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयको विस्तृतमा व्याख्या गरिएको छ।


प्रतिक्रिया दिनुहोस्