सुर्खेतमा १५ जुवाडे पक्राउ, दुई लाख ३३ हजार जफत

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ५४


सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको १५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय भानु कँडेललगायत १५ जना छन् । प्रहरी चौकी मेहलकुना र अस्थायी प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ३३ हजार सात सय ३४ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्