प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरमा शुक्रबारदेखि सुरु भएको छ। महाधिवेशन तीन दिनसम्म चल्नेछ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तस्बिर र पोस्टरहरु जताततै देख्न सकिन्छ। कार्यक्रमस्थलमा वितरण गरिएको पानीको बोलतमा समेत ओलीको फोटो राखिएको पाइएको छ।
बोतलमा समेत ओलीको तस्बिर राखिएपछि सामाजिक सन्जालमा यतिबेला यसको खुबै चर्चा भइरहेको छ। ओलीलाई देवत्वकरण गरिएको भनेर ट्रोल भइरहेको हो।
कार्यक्रम स्थलमा नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी फोटो राखिएको छैन।
जब ओली देशको प्रधानमन्त्रीको रुपमा दोस्रोपटक नियुक्त भएका थिए। काठमाडौंको सडक तथा बिजुलीको हरेक पोलमा ‘एउटा नयाँ युगको सुरुवात’ भन्दै उनको फोटो टाँसिएको थियो।
यो घटनाले पनि उनी ट्रोल शिकार हुनु परेको थियो।