काठमाडौं । तत्कालिन नेकपा माओवादीले चलाएको १० बर्षे सशस्त्र युद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ संग्रहकोआज विमोचन हुँदैछ।
प्रज्ञा प्रतिस्ठानको भवनमा आज दिउसो हुने सो कार्यक्रमा सहभागी भइदिनका लागि पूर्व माओवादी नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई निम्ता गरिएको छ।
सबै नेताहरु सहभागी हुन्छन् या आफ्ना प्रतिनिधीलाई पठाउँछन् त्यो भने हेर्न बाँकी छ।
-फाइल फोटो