कार्यकर्ताको स्कर्टिङसहित महाधिवेशन स्थलमा पुगे ओली

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : ०७


काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन् । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङसहित ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन् ।

निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन् । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्