चर्चित अभिनेत्रीहरु आना शर्मा र उपासना सिंह एकै चलचित्रमा अभिनय गर्दै

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : ३५


काठमाडौं। नेपाली सिनेक्षेत्रका अहिलेका चर्चित अभिनेत्रीद्वय आना शर्मा र उपासना सिंह ठकुरी एउटै चलचित्रमा देखिने भएका छन्।

चलचित्र ‘जेरी’बाट चर्चित बनेकी अभिनेत्री आना शर्मा र ‘क्याप्टेन’ साथै ‘कबड्डी कबड्डी कबड्डी’बाट चर्चामा आएकी अभिनेत्री उपासना सिंह ठकुरी चलचित्र ‘योलो’ फिल्ममा सँगै देखिने भएका हुन्।

मित्रताको कथा बोल्ने ‘योलो’लाई विवेक सुवेदीले निर्देशन गर्दैछन्। फिल्मलाई इटालीमा छायाङ्कन गरिने निर्माण टिमले जनाएको छ। जसको लागि भिसाको तयारी चलिरहेको बताइएको छ।

अक्टोवरको अन्त्यबाट फिल्मको छायाङ्कन सुरु गरिने बताइएको छ


प्रतिक्रिया दिनुहोस्