काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन हुन लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरूले स्कर्टिङ गरेर महाधिवेशनस्थल लैजाने कार्यक्रम छ । ओली नपुग्दै महाधिवेशनस्थलमा भने नाचगान सुरु भइसकेको छ ।
पार्टी विभाजन लगत्तै एमालेले विधान महाधिवेशनको आयोजना गरेको हो । १५–१७ असोजसम्म विधान महाधिवेशन हुनेछ । एमालेले आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्दै छ ।