मेस्सीले हालै सम्पन्न च्याम्पियन्स लिग खेलमा पीएसजीका लागि पहिलो गोल गर्दै गोलको खाता खोल्न सफल भएका थिए। म्यानचेस्टर सिटीविरुद्ध केलिएन एमबाप्पेको पासमा उनले उत्कृष्ट गोल गरेका थिए।
सो खेल पीएसजीले २–० ले जितेको थियो। सोही खेलमा एउटा अनौठो दृश्य देखिएको थियो। खेलको ९१ औं मिनेटमा सिटीले फ्रि–किक प्राप्त गरेको थियो। त्यसपछि मेस्सी आफ्ना सहपाठीसँगै बल रोक्न बसेका थिए।
केही खेलाडी उनको अगाडि उभिँदा उनी भने उनीहरुको खुट्टामा लडेर बसेका थिए। वास्तवमा सिटीले खुट्टा मुनीबाट गोल हान्न नसकुन भनेर त्यसो गरेका थिए। तर विश्वकै उत्कृष्ट खेलाडी मेस्सीले सुतेर बल रोक्ने काम गरेपछि उनका फ्यान रिसाएका छन्।
बेलायती फुटबल स्टार रियो फर्डिनान्डले मेस्सीलाई बल रोक्न त्यस्तो भूमिका दिन अपमानजनक भएको बताएका छन्। यद्यपी अन्य मानिसहरुले मेस्सीले टोलीको जितकै लागि त्यसो गरेको भन्दै प्रशंसा गरिरहेका छन्।
मेस्सीले हालसम्म यस्तो अवस्थामा रहेर बल रोक्ने प्रयास गरेका थिएनन्। बार्सिलोना र अर्जेन्टिनाबाट खेल्दा उनले कहिल्यै त्यस्तो गरेका थिएनन्। बरु उनको बल रोक्न विपक्षीले त्यस्तो रणनीति अपनाएको भने प्रसस्तै देखिएको थियो। मार्का
भिडिओ