स्पेनको एक स्थानीय अदालतको फैसलाका कारण महिला अधिकारकर्मीहरु आक्रोशित भएका छन्। महिलाले शौच गरेको भिडिओ बनाएर पोर्न वेबसाइटमा पोस्ट गर्ने पुरुषहरुलाई अदालतको फैसलाले छुट्कारा मिलेको हो।
बीबीसीका अनुसार त्यस्ता अश्लिल र अनैतिक भिडिओ बनाएर पोस्ट गर्नेविरुद्ध परेका मुद्दा अदालतले खारेज गरेको छ। जसका कारण महिला अधिकारकर्मीहरुले विरोध गरिरहेका छन्।
८० महिला र किशोरीहरुले सार्वजनिकस्थलमा पिसाब गरेको भिडिओ खिचेर पोर्न वेबसाइटमा हालिएको थियो। वास्तवमा स्पेनमा सार्वजनिक शौचालय नहुँदा महिला र पुरुषहरु नै झाडीमा लुकेर शौच गर्न बाध्य छन्।
केही पुरुषहरुले झाडीमै कसैले थाहा नपाउने गरेर क्यामेरा राखेको पाइएको बताइएको छ। खबरअनुसार गतवर्ष नै कयौं महिलाले अदालतमा आफ्नो त्यस्ता भिडिओविरुद्ध मुद्दा दर्ता गरेका थिए।
उनीहरुले अन्तरअंगताको अधिकार उल्लंघन भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरेका छन्। यद्यपी स्थानीय न्यायाधीष पाब्लो मुन्योज वाकिजले यो घटनाविरुद्ध परेको ८० मुद्दा खारेज गरेपछि यतिबेला अदालतको चर्को रुपमा विरोध भइरहेको हो।
महिला अधिकार सम्बन्धी संस्था वुमन फर इक्वेलिटी बुरेला एसोसियसनको नेतृत्वमा यतिबेला विरोध भइरहेको छ। सार्वजनिकस्थलमा खिचिएका दृश्यलाई अपराध मान्न नसकिने अदालतको ठहर छ।