यस्ता छन् दशैँका साइत

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ९ : ३६


यस वर्षको दशैँको शुभसाइत गृह मन्त्रालयले सार्वजनिक गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन्।

उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ।

दशैँसँग सम्बन्धित साइतहरू

१) २१ असोज बिहीबार-नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे

२) २२ असोज शुक्रबार-झण्डा फेर्ने, बिहान ११:५६ बजे (पश्चिम मोहडा)

३) २५ असोज सोमबार-श्री पचली भैरव यात्रा

४) २६ असोज मंगलबार-फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७स्११ बजे

स्थिरासन बिहान ८:४४ बजे

५) २७ असोज बुधबार-महाअष्टमी, कालरात्रि

६) २८ असोज बिहीबार-महानवमी

७) २९ असोज शुक्रबार-विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे

टीका-बिहान १०:२ बजे

श्री तुलजाभवानी यात्रा-बिहान ७:१ बजे

स्थिरासन-बिहान ८:३२ बजे, खड्गयात्रा

८) २ कात्तिक मंगलबार-अखिल बलिपूर्ति

९) २ कात्तिक मंगलबार-कोजाग्रत व्रत


प्रतिक्रिया दिनुहोस्