एक हजार ७८ कोरोना संक्रमित थपिँदा ९११ जना संक्रमणमुक्त

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : १४


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार सात सय ६५ नमुना परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पाइएको हो।

बिहीबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १८ हजार एक सय ६८ जना छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुईभन्दा बढी संक्रमित भएका जिल्ला १९ छन्।

पछिल्लो २४ घन्टामा नौ सय ११ जनाले संक्रमण जितेका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ६५ हजार सात सय ५८ छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशते छ। यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ।

अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय ३५ जनाको निधन भइसकेको छ। हाल देशभर तीन सय ५३ जना सघन उपचार कक्ष (आईसीयू), एक सय १७ जना भेन्टिलेटर, १६ हजार आठ सय दुईजना होम आइसोलेसन, एक हजार तीन सय ६६ जना संस्थागत आइसोलेसन र दुई सय ३८ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्