माधव नेपालको छातीको सिटी स्क्यान गरियो, पीसीआर रिपोर्ट भने नेगेटिभ

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ६ : ०८


नेकपा (समाजवादी एकीकृत)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको छातीको सिटी स्क्यान गरिएको छ।

ज्वरो, वान्ता आउने, पेटको गडबढी र छातीमा समस्या भएपछि बुधबार त्रिवि शिक्ष अस्पातल भर्ना भएका उनको बिहीबार सिटी स्क्यान गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए।

उनका अनुसार शरीरको तापक्रम, रक्तचापको अवस्था भने सामान्य रहेको छ। अध्यक्ष नेपालको अहिले मौसमी भाइरल ज्वरोको उपचार भइरहेको अधिकारीले जानकारी दिए।

उनका अनुसार अध्यक्ष नेपालको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।


प्रतिक्रिया दिनुहोस्