काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था भायानेटले नेपालीहरुको महान चाँड दशैंको अवसरमा विशेष अफर ल्याएको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै भायानेटले दशैंको अवसरमा ३२ वा ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट दिने जनाएको छ।
दशैंमा ग्राहकहरुलाई बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको Mi Android TV मा भारी छुट दिनको लागि ‘भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर’ कार्यक्रम ल्याइएको हो।
यस अफर अन्तर्गत भायानेटका नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ बढी च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा पुरानै मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन।
साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल सिज गरेको छ।
यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन्।
यस अफरको थप जानकारी लिन भायानेटको वेभसाइटमा यहाँ क्लिक गर्न सकिने छ। चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको जनाएको छ।