एमालेले विधान महाधिवेशनका लागि यसपटक वाल पेन्टिङ र पोस्टरिङ नगर्ने

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ४ : ३८


काठमाडौं । एमालेले आफ्नो प्रथम महाधिवेशनको प्रचारका लागि भित्ते चित्र (वाल पेन्टिङ) नगर्ने भएको छ।

राजनीतिक दलहरूले आफ्नो सभा सम्मेलनमा भित्ते चित्र बनाएर सहरका भित्ताहरू रंग्याउने गरेका बेला एमालेले १५/१७ असोजमा आयोजना हुने विधान महाधिवेशनको प्रचारमा वाल पेन्टिङ र वाल पोस्टरिङ नगर्ने जनाएको हो।

महाधिवेशन मूल व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेर महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ, वाल पोस्टरिङलाई पूर्णतः बन्द गरिएको जानकारी दिएको छ।

समितिले प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइएको र साथै काठमाडौं महानगरपालिकाअन्तर्गत सडकका पोलहरुमा रहेका बोर्डमा पोष्टर राखिएको जनाएको छ।

काठमाडौका दरवारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तिसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौंमा स्थानीय तहले नै वाल पेन्टिङ गर्न प्रतिबन्ध गरेका छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस्