हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड श्रेष्ठ नियुक्त

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ४ : १८


काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्। बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन्। यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्