देश छाडेर भाग्नेहरुको घर भाडामा दिन्छौं, स्वदेश फर्किए घर सुम्पिन्छौंः तालिबान

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ४ : ०८


अफगानिस्तान पुरै कब्जामा लिएपछि यतिबेला तालिबानले अन्तरिम सरकारमार्फत् देश शासन गरिरहेको छ। यसबीचमा तालिबालने देश छाडेर भाग्नेहरुको घरलाई भाडामा दिने जानकारी दिएका छन्।

उनीहरुका अनुसार खाली घरहरु सरकारको हुनेछ र त्यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइनेछ। बीबीसीहिन्दीका अनुसार तालिबानले बुधबार खाली घरहरु भाडामा दिने जानकारी दिएको हो।

तालिबानले यदी देश छाडेर भागेका मानिसहरु स्वदेश नै फर्किए भने घरहरु उनीहरुकै हुनेछ। विश्व बैंकले सहयोग नगर्ने बताएपछि र अमेरिकामा रहेको सम्पत्ति चलाउन नपाएपछि हाल तालिबान सरकारले गम्भीर आर्थिक संकट खेपिरहेको छ।

अर्थतन्त्र चलायमान बनाउन तालिबान सरकारले अफगानिस्तानसँगको हवाई उडान पुनः सुचारु गर्न आग्रह गरेको छ भने विश्वभरका मूलुकसँग अनुदान मागेको छ। चीन र पाकिस्तानले खुलेरै अफगानिस्तानलाई सहयोग गर्नुपर्ने बताउँदै आएको छ।

यसरी आर्थतन्त्र धरासायी भएको बेलामा तालिबानले खाली घर भाडामा दिने बताएको हो।


प्रतिक्रिया दिनुहोस्