पूर्व माओवादी नेता बादललाई एमाले विधान महाधिवेशनको जिम्मा

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ३ : २५


काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १५/१७ असोजमा हुन लागेको एमालेको विधान महाधिवेशनको जिम्मा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले पाएका छन्।

केन्द्रीय समितिबाट पाएको जिम्मेवारीअनुसार महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न सक्रिय रहेको बादलले जानकारी दिएका छन्।

उनले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।

बादलको नेतृत्वमा गठन भएको विधान महाधिवेशन मूल व्यवस्थापन समितिमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाड। शेपा सदस्य छन्।

समितिले पाएको जिम्मेवारी कार्य विभाजनसहित कार्यसम्पादन गरिरहेको बादलले उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्