एभिरो छोरा रोनाल्डो र प्रेमिकाको विवाहको विपक्षमा, सोच्छिन्ः जोर्जियाना पैसामा आकर्षित छिन्

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ३ : २४


विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोकी आमा आफ्नो छोराको विवाह जोर्जियाना रोड्रिग्वेजसँग नहोस् भन्ने चाहन्छिन्।

मार्काका अनुसार डोलोरेस एभिरो सोच्छिन् कि अर्जेन्टिनी मोडल जोर्जियानाले रोनाल्डोको पैसासँग प्रेम गरेका छन्।

हाल म्यानचेस्टर शहरमा यतिबेला रोनाल्डोसँग जोर्जियाना बस्दै आएकी छिन्। विवाह नगरी नै उनीहरुबाट सन् २०१७ मा छोरी अलाना मार्टिनेज दोस सान्तोस एभिरोको जन्म भएको थियो।

रोनाल्डोका सरोगेसीमार्फत् जन्मिएका तीन सन्तान पनि छन्। क्रिस्टियानो जुनियर, इभा र माटियो पनि रोनाल्डो र जोर्जियानासँगै छन्। खबरहरुका अनुसार प्रेम सम्बन्धमा रहेको यत्रो वर्ष भएपछि यतिबेला जोर्जियाना रोनाल्डोलाई विवाह गर्न दबाब दिइरहेकी छिन्।

यसबीचमा जोर्जियानाको लक्ष्य रोनाल्डोको सम्पत्ति हासिल गर्नु रहेको भन्नेमा रहेको रोनाल्डोकी आमा डोलेरोस एभिरोले विश्वास गर्दछिन्। यतिबेला रोनाल्डोलाई प्रेमिकासँग विवाह गर्ने कि आमाले भनेको मान्ने दबाब परेको मार्काले जनाएको छ।

यसअघि रोनाल्डो र उनकी प्रेमिका हलिउड नायिका इरिना सायकबीच आमाकै विषयमा विवाद हुँदा प्रेम सम्बन्ध टुटेको थियो। डेटिङ जाँदा आमालाई नल्याउनु भन्दा रोनाल्डो इरिनासँग रिसाएका थिए।


प्रतिक्रिया दिनुहोस्