रोकिएन् सेयर बजारको पहिरोः किन्ने भन्दा बेच्ने हाबी, ‘भोल्युम’ भने सुक्दै!

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ३ : १७


काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि उच्च अंकको गिरावट आएको छ।

नेप्से परिसुचक आज ३२.५१ अर्थात १.२२ प्रतिशतले गिरावट आएर २६३३.४२ को बिन्दुमा बजार बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४१ को बिन्दुले गिरावट आएर ४९७.०५ को बिन्दुमा रोकिएको छ।

आज नेप्सेमा दिनभर ३ अर्ब ७० करोड बढीको कारोबार भयो। केहि हप्ता अगाडि २१ अर्ब बढीको कारोबार भएर रेकर्ड बनाएको नेप्सेमा ५ अर्बको ‘नर्मल’ कारोबार हुँदै आएकोमा पछिल्लो समयकै न्युन कारोबार आज भएको हो।

घट्दो बजारमा धेरै लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रहँदा भोल्युम कम आएको जानकारहरु बताउँछन्।

नेप्से घटिरहँदा कारोबार रकम घट्नुलाई बजारमा बियर कमजोर हुँदै गएको मानिन्छ। नेप्से बढ्दा कारोबार रकम बढ्नु राम्रो मानिन्छ भने नेप्से घट्दा कारोबार रकम घट्नु राम्रो मानिने जानकारहरु बताउँछन्। नेप्से घट्दा कारोबार रकम घट्नुले लगानीकर्ताहरु घटेको मूल्यमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्ने उनीहरुको भनाइ छ।

आज दिउसो २ बजेसम्म सामान्य अंकको गिरावट र २ अर्बको मात्र कारोबार भएको नेप्सेमा बजार बन्द हुनेबेला सम्म किन्ने भन्दा बेच्ने नै हाबी देखिए। जसको असर समग्र नेप्सेमा देखिएको हो।

नेप्सेमा आज उच्च अंकको गिरावटले निरन्तरता पाएपनि ३ कम्पनीको शेयर भने १० प्रतिशत बढेको छ।

यस दिन मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो।

सर्वाधिक गुमाउनेमा गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकममा आधारमा भने आज सबैभन्दा बढी नेपाल बैंकको सेयर खरिदबिक्री भएको छ।

यी हुन आज सबै भन्दा बढी कमाउने र गुमाउने १० कम्पनी

 


प्रतिक्रिया दिनुहोस्