भैरहवाविरुद्ध टस हारेर ललितपुरले ब्याटिङ गर्दै

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : २९


काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको १० औं खेलमा अहिले ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शरद भेष्वाकरको कप्तानीमा रहेको भैरहवाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले अब पहिलो ब्याटिङ गर्नेछ।

यसअघि एक जित र एक अंक बाँडेको भैरहवा ललितपुरलाई पराजित गर्दै शीर्षस्थानमा पुग्ने लक्ष्यमा छ। भैरहवाको २ खेलबाट ३ अंक रहेको छ। यता, लगातार दुई खेलमा पराजित ललितपुर पहिलो जितको खोजीमा रहेको छ।

आज भएको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौ किङ्स इलेभनलाई ३ विकेटले पराजित गर्दै शीर्षस्थानमा स्थान बनाएको छ।


प्रतिक्रिया दिनुहोस्