फोकसवानले ल्यायो ‘मोको’ वालेट, अब कार्ड लिंकबाटै गर्न सकिन्छ खर्च

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ०६


काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा “मोको”बाट स्क्यान( टु( पे को नेपालमा सुरुवात गरेको छ।

बिहीबारबाट फोकसवान पेमेन्ट सोलुसनले डिजिटल भुक्तानीको विश्वव्यापी प्रख्यात कम्पनी भिसासँगको साझेदारीमा मोबाइल डिजिटल वालेट ‘मोको’ वालेट बजारमा ल्याएको हो।

यसमा प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन्। क्युआर कोडमार्फत स्क्यानको पनि यसमा सुविधा छ।

सुरक्षाको मामिलामा यो वालेट पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्याण्डर्ड पीसीआई डीएसएस प्रोटोकलबाट मान्यता प्राप्त छ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरुले अब मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरिद तथा विभिन्न सेवाहरुको उपभोग्य सेवाको बिल भुक्तानीको गर्न सक्नछन् । यो सेवा लिन डिजिटल वालेट मा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन हरेक समय मोको प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्।

मोको प्रयोगकर्ताहरुले किनमेल को समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन्।

अन्तरक्रिय सिस्टमले युक्त मोको धेरै बैंक कार्डहरुका लागि एकल डिजिटल एकल वालेटको रूपमा काम गर्ने बताइएको छ।

वालेट सार्वजनिक कार्यक्रममा भिसाको लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासुले भनिन्, “हामी ”मोको” को साथ स्क्यान-टु-पे सुविधा सुरु गर्न पाउँदा खुसी छौं। भिसाको लक्ष्य सधैँ सबैको लागी सजिलो सेवा सबैमा पुराउनु रहेको छ र सबै प्रति समर्पित एक नेटवर्कको रुपमा हामी डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरु माझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहन्छौँ। यो साझेदारीको साथ, हामी विश्वस्त छौं कि नेपालका प्रयोगकर्ताहरु अब आफ्नो भिसा कार्डको विवरण स्मार्टफोनमा प्रयोग गरि ढुक्कले त्तच् पेमेन्ट गर्न सक्छन जुन सेवा व्यपिारीहरुले पनि फाइदा जनक तरिकाले प्रदान गर्न सक्छन्।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे भन्छन्, “नियमकको त्तच् पेमेन्ट अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यानाकर्षण गर्दै, हामीले, नेपालका एक भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसन संग सम्झौता गर्दै हाम्रा भिसा कार्ड प्रयोगकर्ताहरुका लागि एक अन्तराष्ट्रिय त्तच् प्लेटफर्म सुचारु गरेका छौँ।”

फोकसवान पेमेन्ट सोलुसन सह-संस्थापक र मुख्य कार्यकारी अधिकृत प्रणय राजभण्डारीका अनुसार ”मोको”, एक पहिलो किसिमको ‘ओपन लुप नन-स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्ड को विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन्।

कम्पनीले आगामी महिनाहरुमा १० भन्दा बढी अन्य बैंकहरुसंगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेका छौँ।

”मोको” एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोडको लागी उपलब्ध छ।”


प्रतिक्रिया दिनुहोस्