काठमाडौंमा आजबाट मेला, महोत्सव र सभा-जुलुस गर्न रोक

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १ : २८


काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।

 


प्रतिक्रिया दिनुहोस्