सूचना जारी गरेर राष्ट्रिय सभा बैठक स्थगित

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १ : ०४


आगामी आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ।

१७ असोज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने संघीय संसदका महासचिव डा भरतराज गौतमले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

महासचिव गौतमका अनुसार अब १८ असोज सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ।

No description available.


प्रतिक्रिया दिनुहोस्