बार्सिलोना च्याम्पियन्स लिग समूह चरणबाटै बाहिरिने सम्भावना, बेनिफिकासँग ३–० ले हार्‍यो

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १ : ०२


यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिनोलानाले लज्जास्पद हार ब्यहोरेको छ। बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना बेनिफिकासँग ३–० गोल अन्तरले पराजित भएको हो।

बेनिफिकाको जितमा डार्विन नुनेजले २ तथा राफा सिल्भाले १ गोल गरे। बार्सिलोनाविरुद्ध बेनिफिकाले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थपेको थियो।

खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो।

यो जितसँगै बेनिफिका समूह ‘ई’ मा दुई खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा छ। दोस्रो जितसँगै बायर्न शीर्ष स्थानमा पुगेको छ।

No description available.

बुधबार राति नै भएको समूह–ई को खेलमा बायर्न म्युनिखले ड्यनामो केइभलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

घरेलु टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्कीले दुई तथा सर्जी जीनाब्री, लिरो साने र इरिक मोटिङले १–१ गोल गरे ।

जितसँगै समूह–ई मा बायर्न शीर्ष स्थानमा छ। उसको दुई खेलबाट ६ अंक छ। केइभको दुई खेलबाट एक अंक रहँदा बार्सीलोना बिना अंक पुछारमा रहेको छ।

दुई खेल हारिसकेको बार्सिलोना समूह चरणबाटै बाहिरिने सम्भावना बढेर गएको छ।


प्रतिक्रिया दिनुहोस्