गुल्मीमा चट्याङ लागेर नौ जना घाइते, एउटा गोरु मर्‍यो

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ४४


गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन्।

बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ।

तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए।


प्रतिक्रिया दिनुहोस्