डीभी परेपछि अमेरिका जान १२ पास गरेको नक्कली प्रमाणपत्र बनाइयो, ३ जना पक्राउ

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ३९


अमेरिका जानका लागि ‘नक्कली सर्टिफिकेट’ किनेर दूतावासमा पेश गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

युएस डाइभर्सिटी भिसा इडीभी–२०२१ मा नाम निस्केपछि अमेरिकी दूतावासमा प्लस टुको नक्कली सर्टिफिकेट पेश गर्ने र बनाउनेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए।

पक्राउ पर्नेमा सर्टिफिकेश पेश गर्ने चितवन घर भएका नविन दराई, रौतहटका शिव रोका र फर्जी सर्टिफिकेट बनाइदिने चितवन घर भएका जीवन कार्की छन्। जीवन कार्कीले नविन दराईसँग १ लाख ७० हजार लिएर सर्टिफिकेट बनाएर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

मंगलबार महाराजगञ्ज र कलंकीबाट पक्राउ गरेर उनीहरुलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको एसएसपी खापुङले बताए।


प्रतिक्रिया दिनुहोस्