खोप लगाउन अटेर गर्ने युनाइटेड एयरलाइन्सका ६ हजार कर्मचारी सेवाबाट हटाइए

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ११


न्युयोर्क अमेरिकी विमान सेवा युनाइटेड एयरलाइन्सले खोप नलगाउने करिब ६ सय कर्मचारी निष्कासन गरेको छ। बारम्बार खोप लगाउन सुझाव दिँदा पनि अटेरी गरेको भन्दै एयरलाइन्सले पाँच सय ९३ कर्मचारीलाई जागिरबाट निकालेको हो।

‘सबै अमेरिकीलाई सुरक्षा प्रदान गर्न अमेरिकामा रहेका हाम्रा सबै कर्मचारीले खोप लगाउन आवश्यक छ। खोप लगाए सबै सुरक्षित हुन्छन्,’ एयरलाइन्सका प्रमुख कार्यकारी स्कट किरवाईले भने।

तर, कम्पनीले ९९ प्रतिशतले खोप लगाएको दाबी गर्दै आएको छ। युनाइटेड एयरलाइन्सअन्तर्गत देशभर कूल ६७ हजार कर्मचारी छन्। धर्म र स्वास्थ्यसम्बन्धी समस्या देखाउँदै करिब दुई हजारले खोप लगाउन अस्वीकार गरेका छन्। उनीहरूबारे पनि कम्पनीले चाँडै निर्णय गर्ने कम्पनीले जनाएको छ।

एयरलाइन्सले खोप लगाएका तर प्रमाण पेस नगरेका कर्मचारीलाई पनि चाँडै प्रमाण पेस गर्न निर्देशन दिएको छ। खोप छुटेका अझै पाँच सयभन्दा बढीलाई भने खोपका लागि दोस्रो अवसर दिने भएको छ। त्यस्तै, नयाँ कर्मचारी भर्ना गर्दा पनि खोप लगाएका व्यक्तिले मात्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। द गार्जियन


प्रतिक्रिया दिनुहोस्