सर्वदलीय बैठकको निष्कर्षः एमाले वार्ता र संवादबाट भाग्यो

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ०६


काठमाडौं सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो।

‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन’, बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन्। हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ।’

संसदमा भइरहेको गतिरोध अन्त्यका लागि एमाले पनि जिम्मेवार बन्नुपर्ने र यसका लागि वार्ता र संवादमा आउन पनि बैठकले एमालेलाई आह्वान गरेको छ।

एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीले बताए। संसद् अधिवेशन गर्ने विषयमा कुनै कुरा नभएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्