राष्ट्रसंघीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फर्किए

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ४०


काठमाडौं/ परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उनी बिहीबार बिहान स्वदेश आइपुगेका हुन्।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालको धारणा राखेका थिए।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए। महासभामा आफूले कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे धारणा राखेको उनले पत्रकारहरूलाई बताए।

न्युयोर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया दिनुहोस्