शिव परियारको यथार्थपरक गीत ‘माया बिक्ने भएछ’ ट्रेन्डिङमा १ मा (भिडिओ)

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : २३


कलाकार पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको नयाँ म्युजिक भिडिओ युट्युबको ट्रेन्डिङ १ मा आउन सफल भएको छ। गायक शिव परियारको स्वारमा रहेको यो गीतलाई धेरैले यथार्थपरक गीत भनिरहेका छन्।

झन्डै दुई हप्ताअघि सार्वजनिक भएको यो गीतमा शिव परियारको स्वर, एमटी गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत छ।

यस गीतको भिडिओले हालसम्म १२ लाखभन्दा बढी भ्युज पाइसकेको छ।
(भिडिओ)

प्रेम गर्ने जोडीको सम्बन्ध र बिछोडको कथा देखाइएको भिडिओमा धोका पाएको प्रेमीले आग्रह गर्छ– मायामा धोका दिनेलाई कानुन बन्नु पर्यो।

निकेश खड्काको निर्देशनमा बनेको भिडिओमा बुद्ध थापाको छायांकान र बिकाश धमलाले सम्पादन रहेको छ।


प्रतिक्रिया दिनुहोस्